Friday, August 7, 2020

तस्विर

 मेरो मानसपटलमा,

तिम्रो तस्विर खिचिएको छ

हाम्रो अन्तिम भेटको तस्विर

हरेक क्षण म त्यो तस्विर हेर्छु

चञ्चल मुहार, मन्द मुस्कान

मृग नयिनी आँखा

हेराइले नै घायल गर्ला जस्तो

तिम्रो तिलस्मी रुपले,

म आफै भित्र खिचिएको छु

यस्तो लाग्छ, 

तिमी म भित्र समाहित भएकी छौ

वा, तिमी भित्र म समाहित भएको छु

तिमीलाई साच्चि नै देख्न पाए !

जम्काभेटको त्यो क्षण कस्तो होला ?

सासै रोकिन्छ कि ?

‘फेन्ट’ नै पो हुन्छु कि ?

साच्चै तिमी कस्ति भयौ होली ?

समय नि धेरै विति सकेछ

मुहारमा शालिनता छाउन थाल्यो होला

हल्का रेखाहरु नि कोरिन थाल्यो कि ?

आँखामा त्यो चमक कम भयो कि ?

भेट भए पछि त,

फेरि तिम्रो नयाँ तस्विर खिचिन्छ

जस्ले पुरानो तस्विरलाई,

विस्तापित गरिदिन्छ

अनि त्यो पुरानो तस्विर,

सधैंको लागि मेटिन्छ

उफ्, मनमा द्धन्द चल्न थाल्छ

हैन, त्यो तस्विर गुमाउन चाहन्न

जिवन्त राख्न चाहन्छु

तिमीलाई सधै उस्तै देख्न चाहन्छु

चञ्चल मुहार, मन्द मुस्कान

मृग नयिनी आँखा

वाह्, कति राम्री !

Thursday, July 9, 2020

सन्नाटा

सधैंको कर्कश ध्वनी,
कोलाहल अनि अट्टहास,
सुन्ने बानी परेको कान
सन्नाटाले सन्न भएको छ
त्यो कोलाहल
हलचल
डौडाई
सबै बन्द भएको छ
बिस्तारै चराको चिरविर
प्रकृतिको चहलपहलले,
आफ्नो क्षेत्र विस्तार गर्दैछ
लाग्थ्यो, म नै सर्वैसर्वा हुँ
सबैलाई जित्न सक्छु
कान्छी औंलामा नचाउन सक्छु
त्यो अहम् चकनाचुर भयो
कत्रो दुःखले सिर्जना गरेको यो संरचना
निमेखको भरमा भताभुङ्ग हुदैछ
मेरो अस्तित्व नै संकटमा परेको छ
पछाडी फर्कन वाध्य भा’छु
अगाडी बढ्ने क्रममा,
आफु हिडेको बाटोको वास्ता नै गरेनछु
अहिले त्यही बाटो हिड्न गारो भा’छ
आजभोली त सन्नाटादेखि नि डर लाग्छ
आँधी आउनु अघिको,
त्रासदीपूर्ण सन्नाटा जस्तै,
अबके हुने हो
के दुःस्पप्न आउने हो
अधिर मन काँपिरहेको मुटुसंगै,
प्रतिक्षारत छु ।

Tuesday, July 7, 2020

याद

तिमीलाई सम्झिन्छु भन्छु
तर सम्झिन सक्दिन
खाली बिर्छन्छु
के भएको हो,
केही याद आउदैन
तिमीसित बिताएका ति हरेक क्षणहरु,
सबै बिर्सेछु
तिम्रो मधुर मुस्कान
तिम्रो निश्चल बोली
त्यो हावभाव
कुनै पनि याद आउदैन
सुन्दर तालको नजिक पुग्दा नि,
तिम्रो याद आउदैन
टहटह जूनको उज्यालोले नि,
तिम्रो आभास गराउदैन
मेरो स्मरण शक्ति क्षिण भएछ क्यारे
तिम्रो तस्विर मनमुटुमा कोर्ने प्रयास गर्छु
कतै तिम्रो झझल्को आइपोहाल्छ कि ?
बिपनामा सम्झिएन,
कतै सपनामा सम्झिन्छु कि ?
तर, सपनै नदेखेको नि धेरै दिन भयो
तिमीलाई सम्झिन त परै जावोस्
अन्तर कुन्तर केलाउँछु
तिम्रो याद आउने कुनै चिज छ कि ?
के छ के छैन त्यो नै थाहा छैन
जे होस्, सम्झे नि बिर्से नि,
सम्झिने प्रयास गरिरहन्छु
कुनै दिन याद आइपोहाल्छ कि ?

Thursday, May 28, 2020

म र तिमी


मात्र म
जे छ म मा छ
जे छैन म मा छैन
तिमी किन उदास हुन्छौ ?
आखिर म म हुँ तिमी तिमी हौ
हिजो म एक्लो थिएँ
आज म एक्लो छु
सायद भोली पनि म एक्लै हुन्छु
तिमी एक्लो छैन
तै पनि म तिमीलाई किन उदास देख्छु ?
अँ, मेरो हेराइ नै गलत छ की ?
म सोच्छु – म र तिमीलाई
कति फरक छ म र तिमी
मसँग म मात्र छ
तिमीसँग तिमी छ
म सोच्छु – म किन सोच्छु ?
आखिर सोचेर के फाइदा ?
तै पनि म सोच्न विवश हुन्छु
जहिले पनि सोच्दा तिमी अगाडि आउँछौ
वास्तवमा, तिमी म बाट टाढा छौ
तै पनि म कहिलेकांही तिमीलाई नजिक पाउँछु
म र तिमी विचको सामिप्यको अनुभुति हुन्छ
मनै मन गदगद हुन्छु
घरि सपना घरि विपना
म र तिमी विचको सामिप्य असम्भव लाग्छ
के थाहा भोली सपना साकार पो हुने हो की ?
नपत्याउने कुरा खोलाले बगाउँछ भन्छन्
जे होस्,
यो जनममा नभए नि,
अर्को जनममा त भइएला नि
तर तिमी सगैं हुन चाहन्छौ र ?
सायद चाहदैनौ
ठिकै छ म एक्लो नै हुन्छु
आखिर म सधैं एक्लै हो क्यारे
एक्लो हुनै रमाइलो
तर फेरि म किन सोच्छु ?
म सोच्छु – अबदेखि म सोच्दिन ।

Saturday, May 16, 2020

मानिस

तनावग्रस्त मुलुकका मानिसहरु
अकाल मृत्युको मुखमा पर्न वाध्य छन्
बन्दुकको कोलाहलपूर्ण सडक,
सन्नाटाले छाएको छ
मानिसको आवाज सुनिदैन त्यहाँ
उनीहरुको स्वतन्त्रता बमको धुवाँसंगै बिलाएको छ
अनि,
त्यहाँ मानवताको मुल्य हराइरहेको छ
भोक, रोग, उत्पिडन र नैराश्यताको जिन्दगी,
बिताइरहेका ति मानिसहरु,
जसलाई आफू कैदी हो वा कैद आफू भित्र छ – थाहा छैन
ति जिउँदा लासहरुलाई बाँचिरहेको भनिन्छ
तर, उनीहरु मरिरहेछन्, हरपल
आमा आफ्नो सन्तानको वियोगमा रोइरहेकिछिन्
नारीको अस्मिता लुटिएको छ
देश निर्माता बालबालिकाको भविष्य,
अन्धकारमा डुबाइएको छ त्यहाँ ।

Monday, April 13, 2020

आफ्नो मान्छे


को आफ्नो मान्छे
को अर्काको मान्छे
चिन्न गाह्रो हुँदोरैछ
भन्छन मिलन पछि विछोड हुन्छ
तर, आफुले आफ्नो सोचेको मान्छे अर्काको हुँदा
यस्तो लाग्छ,
मान्छे चिन्न साच्चिकै गाह्रो हुँदोरैछ
जन्मेर एकदिन त मर्नु नै छ
आफु बाच्नु मात्रै ठुलो कुरो हैन
अरुको लागि पनि बाच्नु जीवनको सार हो जस्तो लाग्छ
तर,
हिजो सम्म संगै भएको मान्छे,
आज टाढा हुँदा,
जीवनको परिभाषा नै गलत भए जस्तो लाग्छ ।

Wednesday, April 8, 2020

मौन प्रेम

म चाहुँ तिमीलाई कसरी
म नचाहुँ तिमीलाई कसरी
तिम्रा ति दुइ आँखा
पछ्याइरहन्छ हरदम
तिम्रा निश्चल बोली
गुञ्जिरहन्छ हरदम
सपनामा पनि बिपनामा पनि
तिम्रो याद आइरहन्छ हरदम
म सम्झु तिमीलाई कसरी
म बिर्सु तिमीलाई कसरी
अतित बेग्लै थियो
भविष्य थाहा छैन
बर्तमान अन्योल छ
चाहेर पनि म तिमीलाई चाहन सक्दिन
भुलेर पनि म तिमीलाई बिर्सन सक्दिन
मनको कुरा म पोखुँ कसरी ?

Sunday, April 5, 2020

अन्तिम लडाई

के भएको हो कुन्नी
आजकल नानाभाँती सोच्न थालेको छु
हैन, सोच्दिन भन्दा पनि सुख छैन
सोच्दा सोच्दा..........यसो सोच्छु
यो सोच्ने शक्ति नै नभइदिए हुन्थ्यो नि
भाव शुन्य, विचार शुन्य भैदिए हुन्थ्यो
तर, म आफुलाई अनन्त आकाशमा विचरण गरिरहेको पाउँछु
झिलिमिली तारा, नक्षत्रहरुको सामिप्यमा रमाउन थाल्छु
जहाँ समयको कुनै पावन्दी छैन
नीयमको कुनै परिधि छैन
जीवनको कुनै परिभाषा छैन
स्वतन्त्र, स्वच्छन्द उडिरहेको हुन्छु
हरपर नयाँ उत्साह, नयाँ उमङ्ग मनभित्र छाइरहेको हुन्छ
एक तारामण्डलबाट अर्को तारामण्डल झन् झन् वेगले कुदिरहेको हुन्छु
अनायस म आकाशबाट धर्तीमा बजारिन पुग्छु
भागेर गएको कैदी पुनः जेलमा परेको जस्तो महशुस हुन्छ
चारै तिर अग्ला पर्खाल उभिएको छ
आफु नेल र सिक्रीमा जकडिएको अनुभव गर्छु
उकुस मुकुस हुन्छ
यो सिक्री चुडाउन मन लाग्छ
यो पर्खाल भत्काउन मन लाग्छ
म यो कैदबाट मुक्त हुन चाहन्छु
स्वतन्त्र हुन चाहन्छु
मन उद्वेलित हुन्छ
आत्मा आन्दोलित हुन्छ
शरिर भरी रक्त सञ्चार तेज हुन्छ
यस्तो लाग्छ,
मैले आफ्नो अन्तिम लडाई लड्दैछु ।

Friday, April 3, 2020

गित

निर्दोष तिम्रो परेलीमा सपना धेरै देखें मैले
सुनसान रातमा कल्पी कल्पी चाहना धेरै गरें मैले

बसन्तको बहार सरी मायाँ फैलाउँला
फूलको थुंगा फक्रे सरी खुसी फिजाउँला
सुन्दर मुहार हेरी तिम्रो जीवन बिताउँला
मुटुभरी माँया सजाई हाँसी खुसी बाँचुला

निर्दोष तिम्रो ................
सुनसान रातमा ............

जीवनका पाना भरी स्वप्निल रङ्ग पोतिदिन्छु
शब्द तिम्रो कुँदिकन प्रेम गित गाईदिन्छु
माँयाको यो संसारमा खुसीको बहार ल्याईदिन्छु
साथ दिने बाचा गर्दै सिउँदो तिम्रो सजाइदिन्छु

निर्दोष तिम्रो ................
सुनसान रातमा ............

Thursday, April 2, 2020

अभिलाषा

बाटुलो मुहार
मदहोश हेराइ
आँखामा प्रेम छचल्कियोस्
म उसलाई विश्वास गर्न सकुँ
उसले मेरो आत्मसम्मानको रक्षा गरोस्
तिरस्कार हैन, प्रेम गरोस्
घात हैन, विश्वास गरोस्
यो घर आँगन, बस्ती, सखी संगिनीलाई चटक्क छाडेर,
विरान मुलुक त जानै छ
त्यो अञ्जान ठाँउ
ति अपरिचितहरु
त्यो अन्योल वातावरण
सबै क्षण भरमा नै चिर परिचित होस्
जीवनको नयाँ बिहानी,
सुखमय होस् उल्लासमय होस्
म उसलाई आफ्नो भन्न सकुँ
उसले मलाई आफ्नो भनोस्
मेरो जीवनसाथी,
जीवन भरी कै साथी होस् ।

Wednesday, April 1, 2020

कविताको जीवन

कविता नलेखे नि हुने हो
तर कहिले कांहीं के लहड चल्छ
अनायास शब्दहरु थुप्रिन पुग्छ
यि शब्दहरु के का लागि
कविता किन लेख्छु,
मलाई थाहा छैन
कहिले काहीं म सोच्छु,
कविले पो कविता लेख्छ
म त कवि होइन
साच्चै भन्ने हो भने,
कविताको परिभाषा नै थाहा छैन मलाई
जीवनको परिभाषा थाहा नभए जस्तै
तर, शब्दहरु कोर्दा एक प्रकारको आनन्द चाहीं आउने रहेछ
शब्दहरु कहाँ गएर टुङ्गिने हो,
थाहा नहुँदो रहेछ
खोला बगे जस्तै शब्दहरु पनि बग्न थाल्छ
सायद जीवनको वहाव पनि यस्तै हुँदो हो
अनिश्चित, अनियन्त्रित
आफुले सोचे जसरी शब्द नटुङ्गिन पनि सक्छ
आऽऽ शब्द कहाँ गएर टुङ्गिन्छ,
कसरी टुङ्गिन्छ भनेर,
किन चिन्ता लिइरहने ?
आफु सोचे जसरी शब्द टुङ्गे, राम्रै भयो
नभए पनि शब्द कोर्ने क्रममा आनन्द त लिई हालें नि
शब्दै शब्दको थुप्रो लाग्ने हो
या, सुन्दर कविता बन्ने हो
त्यो त पछि थाहा होला ।

Tuesday, March 31, 2020

चाहना

म चाहन्छु
तिम्रा चाहना मेरा लागि होइनन्
तिम्रा शब्द, तिम्रा भावना अनि आत्मियता
मेरा लागि होइनन्
तिम्रो सपना पनि मेरा लागि होइनन्
त्यसैले त म छेक्न चाहन्छु,
ति सबै चिज जसले मेरो आभाष गराउँछ
तिम्रा चाहना छेक्न चाहन्छु
तिम्रा भावना रोक्न चाहन्छु
तिमी आत्मसाथ गर कि –
सपना त सपनै हो, यथार्थता होइन
म नजिक छु
त्यसैले त म टाढा छु
अनन्त भन्दा पनि टाढा
म तिमीलाई चाहन्छु
त्यसैले त तिमी मलाई नचाहोस् भन्ने चाहन्छु
यो मन तिमीसंग नजिक हुन चाहन्छ
त्यसैले त तिमी टाढा होऊन् भन्ने चाहन्छु
मन भित्र मायाको सागर भएर नै त  हो,
तिमीले मलाई तिरस्कार गरोस् भन्ने चाहन्छु ।

Monday, March 30, 2020

एउटा पात पनि हल्लाउन चाहदैन

शुन्य नयनका मुक भाषाहरु
मलिन मुहारबाट झल्केका अनगिन्ति रेखाहरु
माकुराको जालो झैं आफैमा बुनिदै गएर
अन्धकारले ब्याप्त रहस्यमय गुफाको आभास दिएर त होला
प्रकाशको एउटा किरण पनि छिर्न इच्छुक हुदैन

दुई अजङ्ग¨को चट्टानले थिचेको मुना झैं
आफ्नो करुणामय चित्कार बोकेर
अनि समयको निर्दयी पाइलाहरुको बोझले
अनायासै ढल्न पुग्छन क्षिण अस्थिपञ्जर
किन किन पानीको एक बिन्दु पनि छर्किन मान्दैन

कालकोठरीमा थुनिएको निर्दोष प्राणीको
मरुभुमी झैं उजाड लुटिएको जिन्दगी
तिरस्कारको ज्वालामुखीमा डुब्न विवश भएर
त्यो उष्ण तापले आकुल ब्याकुल हुँदो हो
तै पनि शितल हावाको झोंकाले एउटा पात पनि हल्लाउन चाहदैन

Sunday, March 29, 2020

अभाव

विस्मित मुद्रामा अभाव चियाउँछ
आफैमा बोझ बन्दै शून्यतामा घोरिन्छ
मानिसको मृगतृष्णालाई लाचार पशु झैं चुपचाप सहन्छ
उफ्,
जहाँ सभ्यता विकसित हुन्छ
त्यहाँ जीवनको कुनै मुल्य नै छैन
आकाश र धर्ती बीचको विशाल क्षितिज,
प्राणीको जीवनदर्शक –
अभिशप्त आत्माहरुको कोलाहल बीच मौन छ
उत्कृष्ट मौलिकताहरु शब्दजालमा बन्द रहन्छन्
या पारदर्शक आवरणबाट छिरेर जान्छ
गुनगुन मौरी भुनभनाए झैं सुनिन्छ
आपसमा कानेखुसी गरिरहन्छ
किनभने,
ती अमर कथाहरु प्राचीन भैसके
ती जीवनदर्पणहरु चकनाचुर भएर मिल्किसके
अनि,
केवल तिरस्कृत आत्माहरुको प्रतिविम्व त्यहाँ झल्किन्छ
चिसो हावा चल्छ
एउटा धुमिल बत्ति पनि निभ्छ
सुखा पातहरु जाडोले थुरर्र काम्छन्
भोको पन्छीहरु वेदनाले चिं चिं गर्न थाल्छन्
सास रोकेर अँध्यारो कुनाबाट अभाव चियाइरहेको हुन्छ ।

Saturday, March 28, 2020

पहिलो भेट

हाम्रो पहिलो भेट,
मधुर मुस्कान,
लजालु नयन,
मिठो बोली बोकेर आए उनि
कतिखेर म कायल भएँ, पत्तै पाइन
धेरै दिन म अन्योलमा परें
पछि थाहा पाएँ
यो त मायाँ पो रहेछ
मनभरी मायाँ छचल्किएर आयो
पोख्न चाहें, तर सकिन
कुन्नि किन ?
समयको हुरीले म टाढा भएँ
मनको कुरा मनमै रह्यो
मनमा नअटाएपछि,
पोख्नै पर्‍यो
मनका तरङ्गहरु कागजमा पोत्न थालें
यि नाथे शब्दहरुले मनको भावना बुझ्न नसक्दा रहेछन्
कनि कुथिकन कुँदिएको पत्र हुलाकीको जिम्मा लगाइदिएँ
पत्र पढेपछि के सोच्दा हुन् उनले
चकित पर्लान्
खुसी होलान्
रिसाउलान्
बेकार पठाएछु पत्र जस्तो लाग्यो
जे भयो भयो
जवाफ त पठाउलान् नि
जवाफको प्रतिज्ञा हुन थाल्यो, उत्सुकतापुर्वक
ओ हो, यो प्रतिज्ञा गर्न पनि कति गाह्रो
मन झन् ब्याकुल भयो
हर क्षण, हर पल सोच्न थालें
जवाफ के आउने हो ?
अस्विकार गर्लान् – एक मन भन्छ
स्विकार्न पनि त सक्छ – अर्को मन भन्छ
दिन बिते, महिना बिते
बिरुवामा नयाँ पालुवा पलाए
तर......जवाफ आएन
मन अधीर भयो
आत्मा बेचैन भयो
सम्झिन पनि सकिन
बिर्सन पनि सकिन
उफ् यो कस्तो पिडा !
मझधारमा रुमलिएको माझी झैं छटपटाइरहें
यो भुँवरीबाट उम्कन चाहन्थ्यें
अस्विकारै गरे बरु कति आनन्द हुन्थ्यो
अफसोच,
म तिरस्कारको पनि लायक भइन ।

Friday, March 27, 2020

शान्ति

आजकल हरेक बिहान उठ्दा
मनभित्र एक प्रकारको डर पैदा भैरहेको हुन्छ
आज कुन अशुभ समाचार सुन्नु पर्ने हो
त्रास छाइरहेको हुन्छ
खबरपत्रिका उठाउँदा पनि हात कामिरहेको हुन्छ
मनमनै प्रार्थना गर्छु
कुनै अप्रिय खबर पढ्नु नपरोस्
कुनै दुःखत समाचार सुन्न नपरोस्
अबफेरि,
कुनै आमा आफ्नो सन्तानको वियोगमा रुन नपरोस्
कुनै चेलीले आफ्नो अस्मिता गुमाउन नपरोस्
तर, मेरो आशा विपरित
हर दिन, हर क्षण
रोदन, चित्कार र आर्तनाद सुन्नुपरेको छ
मन अशान्त हुन्छ
म शान्तिको खोजीमा भौतारिदैं हिड्छु
हिड्दा हिड्दै मन्दिरमा पुग्छु
मन्दिर नजिकै खोला, अनि खोला पारी हरियो वन
आहा ! क्या रमणीय स्थल
हावाको मीठो झोंकाले मन शान्त हुन्छ
मन्दिरमा भक्तहरुको भिड देख्छु
भक्तिमा शक्ति हुन्छ भन्छन्
यही शक्तिले मानिस भित्रका रिस, अहङ्कार, द्वेषलाई परास्त गर्छन क्यार
राम्रै कुरो हो
म उनिहरुको नजिकै पुग्छु
मलाई उनीहरुको भक्तिपूर्ण भाव पढ्न मन लाग्छ
मेरो अगाडि उभिने भक्तले भगवानको पाउमा केही सिक्का चढाउँदै –
भगवानसँग आलिशान बङ्गलाको आशा गर्छ
दायाँ तिर उभिने अर्को भक्तले त्यसरी नै राम्रो जागिरको अपेक्षा गर्छ
मेरो कौतुहलता बढ्दै जान्छ
म भक्तहरुको अनुहार नियाल्दै जान्छु
अर्को भक्तले भगवानको आशीर्वादले विदेश जाने सपना बुनिरहेको हुन्छ
तन्नेरी देखिने एक भक्तले परीक्षामा पास हुन पाउँ भनि बिलौना गरिरहेको छ
भक्तहरुको भेषमा भिखारीहरुको पो भिड रहेछन्
यसो मुन्टो उठाएर भगवानतिर नजर पुर्‍याउँछु
भगवानको मुहार मलिन देख्छु
अरुबेलामा त तेजस्वी देखिन्थ्यो
भगवान पनि आजित भए होलान्
क–कसको पो मनोकामना पुरा गरुन्
भगवानले पनि सोच्दा हुन् – चवन्नी चढाएर लाखौंको सपना देख्छन् मुर्ख मनुष्यहरु !
भगवानले मतिर हेरेर केही सोधे जस्तो लाग्यो
“तँ के माग्न आइस त?”
“देशमा शान्ति छाओस् प्रभु !” मेरो मुखबाट अनायास निस्कन्छ
आशालाग्दो गरि म भगवानको मुहार नियाल्छु
भगवानको मुहार झनै मलिन भए झैं लाग्छ
निराश मनले म लुरुलुरु घर फर्कन्छु ।

फेब्रुवरी १, २००८

Thursday, March 26, 2020

तन्द्रा

आशाहरु क्षीण हुँदै जाँदा
आकांक्षाहरु सङ्कुचित हुँदै जाँदा
भावनाहरु विस्तारै मेटिदै गए झैं लाग्छ
तरङ्गहरु शिथिल भए झैं लाग्छ
जीवनको विविधताबाट,
आफूलाई अलग पाउँछु,
मानिसको भीडमा,
आफूलाई एक्लो पाउँछु
तथापि,
प्यासी नयन
तिम्रो एक झलकको लागि भौंतारिरहेको हुन्छ
थाहा छ,
हाम्रो सामिप्य दुर्लभ भैसकेको छ
तिम्रो सङ्गितमय स्वर कोलाहलमा विलिन भैसकेको छ,
तैपनि मन मान्दैन,
लाग्छ,
तिमी वरपर नै छौ
हरदम तिम्रो उपस्थितिको आभास हुन्छ
पन्छीको मृदुल स्वरमा तिम्रो आवाज गुञ्जिरहेको भान हुन्छ
तन्द्राबाट झल्याँस्स ब्युँझन्छु,
स्वप्न महल क्षणभर मै चकनाचुर हुन्छ
पुनः एकाङ्कीपनले सताउन थाल्छ
फेरि बिहानी हुन्छ,
अनि दिन.....निरस कठोर दिन.....उफ्...
किन किन,
आजभोलि उज्यालोदेखि डर लाग्न थालेको छ
मेरो लागि यो रात कहिल्यै नसिद्धिए हुन्थ्यो,
सपनामा जीउने बानी परेर होला,
मलाई रात प्यारो लाग्न थालेको छ ।

Friday, November 1, 2013

O My Dog !

Today, dogs are being honored all over the country for their sincere service to mankind. They are seen strutting on the street with tika, vermilion powder, on their forehead and flower garland on their neck, and the belly, that was empty previous day, now full of delicacies. Dogs might have wondering 'what went wrong with Nepalis that their heart suddenly filled with love and respect for us?'

 
Tihar, the festival of lights, is celebrated in Nepal for five days worshipping not only human and the Gods, but also animals like crow, dog and cow. Each day has its significance as the first day, also known as 'Kag Tihar', is observed by worshipping crows and offering them delicious meals. Crows are considered as the messenger of the Yama, Lord of Death. It is believed that their cawing would bring sadness and grief to the family. So they are worshipped to keep the sadness at bay.

Saturday, October 12, 2013

Bird Festive Season

Season means many different things to many people. Some prefer monsoon for their crops to grow, while others look for summer for their business to flourish. And there are people waiting for a new season to welcome visiting birds. In fact, the avian visitors remind people of beginning of a new season.


The migratory birds’ spectacular flight reminds farmers to plant new crops in their field. Thus the saying in Nepali: "Karyang kurung aayo, kakro pharsi ropa" or, Here come cranes, plant cucumber and pumpkin in your nursery-lane.

Thursday, September 26, 2013

Failed Project

During early 2011, the coffee project was initiated with a dream of producing organic coffee in Chitwan hills and improving the lives of local people. In less than 3 years, we see our dream falling apart as young coffee plants that we planted, die one after other in the climate that, we thought, should be suitable for coffee plantation. It is indeed disappointing to share our unsuccessful stories, but this also provides an opportunity to find the way for the future initiatives by assessing our failed efforts.