Saturday, May 16, 2020

मानिस

तनावग्रस्त मुलुकका मानिसहरु
अकाल मृत्युको मुखमा पर्न वाध्य छन्
बन्दुकको कोलाहलपूर्ण सडक,
सन्नाटाले छाएको छ
मानिसको आवाज सुनिदैन त्यहाँ
उनीहरुको स्वतन्त्रता बमको धुवाँसंगै बिलाएको छ
अनि,
त्यहाँ मानवताको मुल्य हराइरहेको छ
भोक, रोग, उत्पिडन र नैराश्यताको जिन्दगी,
बिताइरहेका ति मानिसहरु,
जसलाई आफू कैदी हो वा कैद आफू भित्र छ – थाहा छैन
ति जिउँदा लासहरुलाई बाँचिरहेको भनिन्छ
तर, उनीहरु मरिरहेछन्, हरपल
आमा आफ्नो सन्तानको वियोगमा रोइरहेकिछिन्
नारीको अस्मिता लुटिएको छ
देश निर्माता बालबालिकाको भविष्य,
अन्धकारमा डुबाइएको छ त्यहाँ ।

No comments:

Post a Comment