म
मात्र म
जे छ म मा छ
जे छैन म मा छैन
तिमी किन उदास हुन्छौ ?
आखिर म म हुँ तिमी तिमी हौ
हिजो म एक्लो थिएँ
आज म एक्लो छु
सायद भोली पनि म एक्लै हुन्छु
तिमी एक्लो छैन
तै पनि म तिमीलाई किन उदास देख्छु ?
अँ, मेरो हेराइ नै गलत छ की ?
म सोच्छु – म र तिमीलाई
कति फरक छ म र तिमी
मसँग म मात्र छ
तिमीसँग तिमी छ
म सोच्छु – म किन सोच्छु ?
आखिर सोचेर के फाइदा ?
तै पनि म सोच्न विवश हुन्छु
जहिले पनि सोच्दा तिमी अगाडि आउँछौ
वास्तवमा, तिमी म बाट टाढा छौ
तै पनि म कहिलेकांही तिमीलाई नजिक पाउँछु
म र तिमी विचको सामिप्यको अनुभुति हुन्छ
मनै मन गदगद हुन्छु
घरि सपना घरि विपना
म र तिमी विचको सामिप्य असम्भव लाग्छ
के थाहा भोली सपना साकार पो हुने हो की ?
नपत्याउने कुरा खोलाले बगाउँछ भन्छन्
जे होस्,
यो जनममा नभए नि,
अर्को जनममा त भइएला नि
तर तिमी सगैं हुन चाहन्छौ र ?
सायद चाहदैनौ
ठिकै छ म एक्लो नै हुन्छु
आखिर म सधैं एक्लै हो क्यारे
एक्लो हुनै रमाइलो
तर फेरि म किन सोच्छु ?
म सोच्छु – अबदेखि म सोच्दिन ।
मात्र म
जे छ म मा छ
जे छैन म मा छैन
तिमी किन उदास हुन्छौ ?
आखिर म म हुँ तिमी तिमी हौ
हिजो म एक्लो थिएँ
आज म एक्लो छु
सायद भोली पनि म एक्लै हुन्छु
तिमी एक्लो छैन
तै पनि म तिमीलाई किन उदास देख्छु ?
अँ, मेरो हेराइ नै गलत छ की ?
म सोच्छु – म र तिमीलाई
कति फरक छ म र तिमी
मसँग म मात्र छ
तिमीसँग तिमी छ
म सोच्छु – म किन सोच्छु ?
आखिर सोचेर के फाइदा ?
तै पनि म सोच्न विवश हुन्छु
जहिले पनि सोच्दा तिमी अगाडि आउँछौ
वास्तवमा, तिमी म बाट टाढा छौ
तै पनि म कहिलेकांही तिमीलाई नजिक पाउँछु
म र तिमी विचको सामिप्यको अनुभुति हुन्छ
मनै मन गदगद हुन्छु
घरि सपना घरि विपना
म र तिमी विचको सामिप्य असम्भव लाग्छ
के थाहा भोली सपना साकार पो हुने हो की ?
नपत्याउने कुरा खोलाले बगाउँछ भन्छन्
जे होस्,
यो जनममा नभए नि,
अर्को जनममा त भइएला नि
तर तिमी सगैं हुन चाहन्छौ र ?
सायद चाहदैनौ
ठिकै छ म एक्लो नै हुन्छु
आखिर म सधैं एक्लै हो क्यारे
एक्लो हुनै रमाइलो
तर फेरि म किन सोच्छु ?
म सोच्छु – अबदेखि म सोच्दिन ।
kmg9f3jv3
ReplyDeletegolden goose outlet
golden goose outlet
golden goose outlet
golden goose outlet
golden goose outlet
golden goose outlet
golden goose outlet
golden goose outlet
golden goose outlet
golden goose outlet