Saturday, March 28, 2020

पहिलो भेट

हाम्रो पहिलो भेट,
मधुर मुस्कान,
लजालु नयन,
मिठो बोली बोकेर आए उनि
कतिखेर म कायल भएँ, पत्तै पाइन
धेरै दिन म अन्योलमा परें
पछि थाहा पाएँ
यो त मायाँ पो रहेछ
मनभरी मायाँ छचल्किएर आयो
पोख्न चाहें, तर सकिन
कुन्नि किन ?
समयको हुरीले म टाढा भएँ
मनको कुरा मनमै रह्यो
मनमा नअटाएपछि,
पोख्नै पर्‍यो
मनका तरङ्गहरु कागजमा पोत्न थालें
यि नाथे शब्दहरुले मनको भावना बुझ्न नसक्दा रहेछन्
कनि कुथिकन कुँदिएको पत्र हुलाकीको जिम्मा लगाइदिएँ
पत्र पढेपछि के सोच्दा हुन् उनले
चकित पर्लान्
खुसी होलान्
रिसाउलान्
बेकार पठाएछु पत्र जस्तो लाग्यो
जे भयो भयो
जवाफ त पठाउलान् नि
जवाफको प्रतिज्ञा हुन थाल्यो, उत्सुकतापुर्वक
ओ हो, यो प्रतिज्ञा गर्न पनि कति गाह्रो
मन झन् ब्याकुल भयो
हर क्षण, हर पल सोच्न थालें
जवाफ के आउने हो ?
अस्विकार गर्लान् – एक मन भन्छ
स्विकार्न पनि त सक्छ – अर्को मन भन्छ
दिन बिते, महिना बिते
बिरुवामा नयाँ पालुवा पलाए
तर......जवाफ आएन
मन अधीर भयो
आत्मा बेचैन भयो
सम्झिन पनि सकिन
बिर्सन पनि सकिन
उफ् यो कस्तो पिडा !
मझधारमा रुमलिएको माझी झैं छटपटाइरहें
यो भुँवरीबाट उम्कन चाहन्थ्यें
अस्विकारै गरे बरु कति आनन्द हुन्थ्यो
अफसोच,
म तिरस्कारको पनि लायक भइन ।

No comments:

Post a Comment