Monday, March 30, 2020

एउटा पात पनि हल्लाउन चाहदैन

शुन्य नयनका मुक भाषाहरु
मलिन मुहारबाट झल्केका अनगिन्ति रेखाहरु
माकुराको जालो झैं आफैमा बुनिदै गएर
अन्धकारले ब्याप्त रहस्यमय गुफाको आभास दिएर त होला
प्रकाशको एउटा किरण पनि छिर्न इच्छुक हुदैन

दुई अजङ्ग¨को चट्टानले थिचेको मुना झैं
आफ्नो करुणामय चित्कार बोकेर
अनि समयको निर्दयी पाइलाहरुको बोझले
अनायासै ढल्न पुग्छन क्षिण अस्थिपञ्जर
किन किन पानीको एक बिन्दु पनि छर्किन मान्दैन

कालकोठरीमा थुनिएको निर्दोष प्राणीको
मरुभुमी झैं उजाड लुटिएको जिन्दगी
तिरस्कारको ज्वालामुखीमा डुब्न विवश भएर
त्यो उष्ण तापले आकुल ब्याकुल हुँदो हो
तै पनि शितल हावाको झोंकाले एउटा पात पनि हल्लाउन चाहदैन

No comments:

Post a Comment