Tuesday, March 31, 2020

चाहना

म चाहन्छु
तिम्रा चाहना मेरा लागि होइनन्
तिम्रा शब्द, तिम्रा भावना अनि आत्मियता
मेरा लागि होइनन्
तिम्रो सपना पनि मेरा लागि होइनन्
त्यसैले त म छेक्न चाहन्छु,
ति सबै चिज जसले मेरो आभाष गराउँछ
तिम्रा चाहना छेक्न चाहन्छु
तिम्रा भावना रोक्न चाहन्छु
तिमी आत्मसाथ गर कि –
सपना त सपनै हो, यथार्थता होइन
म नजिक छु
त्यसैले त म टाढा छु
अनन्त भन्दा पनि टाढा
म तिमीलाई चाहन्छु
त्यसैले त तिमी मलाई नचाहोस् भन्ने चाहन्छु
यो मन तिमीसंग नजिक हुन चाहन्छ
त्यसैले त तिमी टाढा होऊन् भन्ने चाहन्छु
मन भित्र मायाको सागर भएर नै त  हो,
तिमीले मलाई तिरस्कार गरोस् भन्ने चाहन्छु ।

No comments:

Post a Comment